News

महराले फेरि किन बुझाए राजीनामा ?

महराले फेरि किन बुझाए राजीनामा ?

काठमाडाैँ यौन - दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले दोस्रो पटकराजीनामा बुझाएका छन्। सभामुख पदबाट दिएको पहिलो राजीनामा विवादित भएपछि उनले दोस्रोपटक पुनस्  राजीनामापत्र बुझाएको हुन्।

मंगलबार बुझाएको राजीनामाको भाषामा विवाद आएपछि महराले बुधबार उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेलाई भाषा सच्याएर दोस्रो राजीनामा बुझाएको हुन्।

महराले मंगलबार छानबिन नसकिँदासम्म भन्दै सर्तसहितको राजीनामा पत्र बुझाएका थिए। महराले राजीनामा उल्लेख गरेको छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्ने शब्द हटाएर दोस्रो राजीनामा आएको संसद सचिवालयले स्रोतले जानकारी दिएको छ।

महराका प्रेस सहयोगी डिल्ली मल्लले दोस्रो राजीनामा दिएको बताए। ‘केही प्राविधिक शब्दहरुलाई लिएर विवाद सिर्जना हुन थालेपछि सच्चाएर अर्को राजीनामा पत्र बुझाइएको हो’, उनले भने।

महराले बुझाएको राजीनामा नेकपा नेतृत्वमा असन्तुष्ट पैदा भएपछि उपसभामुखले अर्को माग गरेकी थिइन्। खासगरी पूर्व एमाले पंक्ति असन्तुष्टि जाहेर गर्दै आएको थियो।

पूर्व सभामुख तथा संसदीय दलको उपनेता सुवास नेम्बाङले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेका थिए। महराको राजीनामापछि नेम्बाङले सभामुखबाट मात्र नभई प्रतिनिधिसभा सदस्यबाट पनि मुक्त हुने बताएका थिए।

 उपसभामुखको मागपछि महराले शर्तरहित अर्को राजीनामा पत्र उपसभामुख सचिवालय स्रोतले जनाएको छ। महरामाथि आइतबार संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई उनकै कोठामा पुगेर यौन दुर्व्यवहारका साथै कुटपिट गरेको आरोप लागेको छ। 

सभामुख महरा प्रकरण

विशेष