News

चाडपर्वमा बढी भाडा असुल्ने २ सय ३२ जना पक्राउ

चाडपर्वमा बढी भाडा असुल्ने २ सय ३२ जना पक्राउ

काठमाडौं - चाडपर्वको मौका छोपी टिकट काउन्टर लगायत अन्यले बढी भाडासमेत असुल्ने २ सय ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले असोज ५ गतेदेखि आजसम्म २३२ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।

प्रहरीले उपत्यकाभित्रका विभिन्न १४ वटा स्थानमा सेवाग्राहीको लागि गुनासो डेस्कसमेत सञ्चालनमा ल्याएको छ। त्यति मात्र होइन सादा पोसाकमा प्रहरी परिचालन पनि गरिएको छ।

बुधवार मात्र प्रहरीले दक्षिणकाली दर्शन सुमो टिकट काउन्टरका कर्मचारीलाई नियन्त्रणमा लिएको छ। बढी भाडा लिएको अभियोगमा प्रहरीले रामचन्द्र कार्कीलाई नियन्त्रणमा लिएको हो।

विशेष