News

राष्ट्रपति भण्डारी जापानमा, बुधबार नेपाल फर्किने

राष्ट्रपति भण्डारी जापानमा, बुधबार नेपाल फर्किने

जापानः राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन अइतबार राती  राजधानी टोक्यो आइपुगेकी छन् । 

म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति १० बजे थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै यहाँ आइपुगेकी हुन् । 

राष्ट्रपति भण्डारीलाई हानेदा एयरपोर्टमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली राजदूतावासका पदाधिकारीले स्वागत गरेका थिए ।

नेपाली प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन् ।

जापानी सम्राट् नोरुहितोको मंगलबार हुने राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।    

विद्यादेवी भण्डारी राजकीय भ्रमण जापान

विशेष