News Breaking News राजनीति

उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन पार्टीको दबाब 

उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन पार्टीको दबाब 

काठमाडाैँ -  पूर्व एमालेबाट सांसद बनेर उपसभामुख पदमा रहेकी शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन एकिकरणपछि बनेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दबाब दिएको छ। नेकपा स्रोतका अनुसार सभामुख पद नेकपाकै पोल्टामा पार्नको लागि उपसभामुख तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन पार्टीले विभिन्न कोणबाट दबाब दिइरहेको छ।

निवर्तमान सभामुख कृष्णबहादुर महराको राजीनामापछि अब संघीय संसदमा सभामुख र उपसभामुख फरक दलको हुने संविधानको प्रावधान कार्यान्वयन गर्नकालाई नेकपा पार्टीले तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन लगाइ सभामुख पदमा आफ्नो पार्टीको मान्छे राख्ने तयारी भइरहेको नेकपाका एक नेताले नाम नखुलाउने सर्तमा बताए।

उनका अनुसार अब हुने निर्वाचनमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुने गरी निर्वाचन प्रक्रिया अघि बढाउनु पर्ने कानूनी प्रवाधानअनुसार तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन पार्टीले दबाब दिइरहेको छ। सभामुख पद अब सत्तारुढ नेकपा र उपसभामुख अन्य दलको भागमा पर्नेछ।

पछिल्लो समय महिलाको पक्षमा ठुलो ठुलो स्वरले अधिकार पाएको दाबी गर्ने नेकपाले फेरि महिलामाथि सभामुख पदलाई लिएर विभेद गर्न खोजिरहेको छ। नेकापाले सभामुख पदमा पुरुषकै वर्चश्व कायम गर्न महिलामाथि विभेद गर्न खोजिरहेको छ।

संविधानको धारा ९१ मा सभामुख र उपसभामुख फरक दलको हुने प्रावधान छ। तर सभामुख र उपसभामुखको निर्वाचनपछि पार्टी एकता भएकाले अहिले एउटै दलको भन्ने प्रधावान यसमा आकर्षित नहुने तर्क नेकपाले गरेको थियो। यही विषयको विवाद सर्वोच्च अदालतमा विचारधीन छ।

तर अब नेकपा बनिसकेको पार्टीले उक्त दुई पद मध्ये एक पद लिने र अर्को पद नेपाली काँग्रेस, समाजवादी पार्टी र राजपाले मध्ये एक पार्टीले पाउछन्।

सभामुख महरा प्रकरण

विशेष