३२ जिल्ला पुग्यो टेलिकमको फोरजी सेवा
काठमाडौं – नेपाल टेलिकमले बुधबारबाट फोरजी सेवा सुरु गरेको छ। सातै प्रदेशको प्रतिनिधित्व हुने गरी टेलिकमले फोरजी सेवा सुरु गरेको हाे। फोरजी सेवाको सफ्ट लन्च प्रधानमन्त्री केपी शर्मा ओलीले एक भव्य समारोहका बीच सुभारम्भ गरेको हुन्।
प्रधानमन्त्री ओलीले प्रदेश ७ का मुख्यमन्त्रीको भिडियो कन्फरेन्सबाट फोर जीको लन्च गरेका थिए। टेलिकमले बुधबार ३२ जिल्लामा एकसाथ हाई स्पीड इन्टरनेट ‘फोर जी’ सुरुवात गरेको हो।
विस्तारित फोरजीरएलटिइ सेवा एलटिइ एड्भान्स प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिनेछ।
३२ जिल्लाका प्रमुख शहरमा विस्तार भएको फोरजी सेवा पुगेपछि उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुने टेलिकमको दाबी छ।
नेपाल टेलिकमले पहिलोपटक २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजीरएलटीई सेवाको शुरुवात गरेको थियो।यस सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको थियो।
कम्पनीले सम्झौताको एक वर्ष्भित्रै देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्य लिएको छ।सम्झौताअन्तर्गतको कार्य तदारुकताका साथ भइरहेको र सो अनुसार हालसम्म देशका सातै प्रदेशमा सो सेवाको नेटवर्क पुगिसकेको छ।