झण्डै डेढ लाख रुपैयाँसहित १८ जुवाडे पक्राउ

नवलपरासीः जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले जुवा खेलिरहेका १८ जना पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटका अनुसार प्रहरीले आइतबार राति साढे १ बजेको समयमा देवचुली नगरपालिका–६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ गरेको हो ।
जुवा खेलिरहेको ठाउँबाट प्रहरीले १ लाख ४२ हजार ९४० रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका १८ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइराखेको प्रहरी नायव उपरीक्षक रानाभाटले बताए ।
पक्राउ जुवाडे