News

कस्तो छ आजको मौसम?

कस्तो छ आजको मौसम?

काठमाडौंः  आज  देशका विभिन्न स्थानमा बिहानी पखको मौसम सामान्यतया सफा रहे पनि दिउँसोको समयमा सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको मध्य तथा पूर्वी भूभागमा भने दिउँसो सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

मौसमविदका अनुसार मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । 

मध्य तथा पूर्वी हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदको भनाई छ ।

मौसम पूर्वानुमान महाशाखा मौसम

विशेष