हराएका ६ सय ६३ जना भेटीए !
धादिङ्, विभिन्न कारणले हराएका १ सय ६३ जना सम्पर्कमा आएका छन। जिल्ला प्रहरी कार्यलय धादिङ्ले चलाएको हराएका व्यक्ति खोजतलास बिशेष अभियान अन्तर्गत परिवारको सम्पर्कामा आएका हुन्।
हराएको सुचना आउन थाले पछि धादिंग प्रहरीले पहिलो चरणमा विभिन्न समयमा हराएका व्यक्तिको तथ्यांक संकलनको काम गरेको थियो। करिब ३ महिना लगाएर पाँच बर्षयता हराएका र प्रहरीमा उजुरी परेकाको बिवरण संकलन गरेको थियो।
संकलन गरिएको बिवरण जिल्लाका सबै प्रहरी युनिट र संचार माध्ययममार्फत सुचना प्रसारण गरिएको थियो। त्यसपछि हराएका व्यक्तिको उजुरी आउन थालेपछि कार्यालयले छुटै डेक्स नै निर्मण गरेर बिशेष अभियान संचालन गरेको धादिंगका प्रहरी उपरिक्षक राजकुमार बैदवाले जनाएका छन।
प्रहरीको तथ्यांक अनुसार ४ सय २८ महिला , २ सय ३१ बालबालिका र १४ जना पुरुष हराएका छन।
यो समाचार नागरिक दैनिकमा सरिता श्रेष्ठले लेख्नुभएको छ।