News

साढे ४ लाखको सुन चोरी गर्ने भारतीय नागरिक पक्राउ

साढे ४ लाखको सुन चोरी गर्ने भारतीय नागरिक पक्राउ

अर्घाखाँचीः जिल्लाको सन्धिखर्कमा रहेको सुन पसलबाट ४ लाख बढीको सुन चोरी गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् ।

सन्धिखर्क–१ हललाइनमा रहेको महालक्ष्मी गहना पसलमा गएराति सुन चोरी गर्ने भारतको मुस्ताफुर पश्चिम बङ्गाल घर भई हाल सन्धिखर्कमा बस्ने २९ वर्षीय श्रीमन्त्र मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

विगत १२ वर्षदेखि सन्धिखर्कका विभिन्न सुनचाँदी पसलमा कालिगढको रूपमा काम गर्दै आइरहेका भारतीय नागरिक मण्डलको साथबाट प्रचलित मूल्य ४ लाख ६४ हजार ८१४ बराबरका सुनका गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । 

गएराति सुन पसलबाट सुनका गहना चोरी गरेका उनलाई सिसिटिभी क्यामेरामा कैद गरेको दृश्यका आधारमा प्रहरीले पक्राउ गरेको थियो । उनले दाजुसँग भारतबाट आउँदा लिएको ऋण तिर्न चोरी गर्नुपरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।  

अर्घाखाँची सुन भारतीय नागरिक

विशेष