News

शाखा अधिकृतको विज्ञापन खुल्दै

शाखा अधिकृतको विज्ञापन खुल्दै

काठमाडौंः लोक सेवा आयोगको नियमित कार्य तालिका अनुसार नै शाखा अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी) पदहरूमा विज्ञापन हुने भएको छ ।

दुई वर्षदेखि अवरुद्ध हुँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले असोज २९ (अन्तिम बुधबार) विज्ञापन आयोगको पदपूर्ति सम्बन्धी वार्षिक कार्य तालिका अनुसार सहसचिव र उपसचिवको विज्ञापन भएसँगै कार्तिक र मङ्सिर अन्तिम बुधवार शाखा अधिकृतको विज्ञापन प्रकाशन हुने भएको हो।

कार्यतालिका अनुसार प्राविधिक शाखा अधिकृत, स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूको कार्तिक अन्तिम बुधवार र अप्राविधिक पदहरूका लागि मङ्सिर अन्तिम बुधवार विज्ञापन र सूचना प्रकाशित हुने छ।

तिहार लगत्तै मन्त्रालयहरूसँग रिक्त रहेका दरबन्दी माग तथा छलफललाई तीव्रता दिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता भूपाल बरालले बताएका छन्। तिहार लगत्तै माग सङ्कलनमा लाग्छौँ, प्रवक्ता बरालले भने, ‘यससँगै कुन कुन निकायमा के कति दरबन्दी आवश्यक छन् भन्ने बारे मन्त्रालयगत छलफल गरी नियमित कार्यतालिकाअनुसार नै विज्ञापन हुने गरी लोकसेवा आयोगमा पठाउँछौँ।’ 

स्रोतका अनुसार विभिन्न श्रेणी तथा तहका गरी पाँच सयदेखि आठ सयको सङ्ख्यामा शाखा अधिकृतको विज्ञापन हुँदैछ। अनुपातिक हिसाबले सहसचिवको दोब्बर उप सचिव र उपसचिको दोब्बर÷तेब्बर शाखा अधिकृतको विज्ञापन हुने गरेको भए पनि राज्य पुनर्संरचनाको अवस्थामा यसै भन्न नसकिने उच्च अधिकारीको भनाई छ। ठुलो सङ्ख्यामा शाखा अधिकृत प्रदेश तथा स्थानीय तहमा गएकोले सोअनुसार सङ्घमा कति दरबन्दी सिर्जना भएका छन् भन्ने कुरामा सङ्ख्या निर्भर हुनेछ।

लोक सेवा आयोग शाखा अधिकृत विज्ञापन

विशेष