जम्मु कश्मिरमा भिडन्त, १५ जना मारिए
एजेन्सी । जम्मू कश्मीरस्थित भारत पाकिस्तानको नियन्त्रण रेखामा भएको भिडन्तमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । गुण्डिशत गाउँ र तंगधार क्षेत्रमा शनिवार रातिदेखि भएको भीडन्तमा उनीहरु मारिएका हुन् ।
भिडन्तमा दश जना पाकिस्तानी सैनिकको मृत्यु भएको भारतीय सेनाले दाबी गरेको छ । भिडन्तमा भारतीय दुई सुरक्षाकर्मी र एकजना सर्वसाधारणको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ ।
मृत्यु हुने दुबै जना नेपाली मूलका गोर्खा सैनिक पदमबहादुर श्रेष्ठ र गमिलकुमार श्रेष्ठ रहेका छन् । उनीहरु नेपाली हुन या हैनन भन्ने खुलेको छैन । भारत र पाकिस्तान दुवैले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।