स्वास्थ्य सचिव डा. चौधरीले दिइन् राजीनामा
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले सचिव पदबाट राजीनामा दिएकी छिन् । स्वास्थ्य मन्त्रालायका अनुसार सरकारले आइतबार चौधरीको राजीनामा स्वीकृत समेत गरिसकेको छ ।
विश्व स्वास्थ्य संगठनको पि फाइभ तहमा नाम निकाल्न सफल भएपछि डा. चौधरीले राजीनामा दिएको हुनसक्ने बताइएको छ ।
डा. चौधरी गतवर्ष कार्तिकमा सरकारले गरेको सरुवा निर्णयविरुद्ध अदालतमा गएकी थिइन् ।
सोही कारण यसअघि नै उनले छाड्न चाहेपनि उनको राजीनामा अड्किएको थियो । चौधरीले राजीनामाबारे पटकपटक मुख्य सचिवसँग परामर्श गरेपनि विशिष्ठ श्रेणीको अधिकारीले सरकारविरुद्ध पहिलोपटक मुद्दा हालेको भन्दै उनको राजीनामा स्वीकृतिमा अवरोध भइरहेको थियो ।
पछिल्लोपटक चौधरीले सरकारविरुद्ध हालेको मुद्दा फिर्ता लिएपछि मात्रै राजीनामा स्वीकृत हुने वातावरण बनेको हो । डा. चौधरी अदालत गएर सरकारको निर्णय उल्टिएपछि नै स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव रहेका थिए ।
राजीनामा डा. पुष्पा चौधरी