नागढुंगा–नौबिसे सुरुङमार्ग शिलान्यास
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा–नौबिसे सुरूङमार्गको शिलान्यास गरेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकमा भएको एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सुरूङमार्गको शिलान्यास गरेका हुन् ।
जापान सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा निर्माण हुन लागेको नागढुङ्गा–नौबिसेको सिस्नेखोला सुरूङमार्गको लम्बाइ २.६८ किलोमिटर छ ।
सुरूङमार्ग निर्माणका लागि गत ६ असोजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र हाज्मा एण्डो कर्पोरेसनबीच निर्माण सम्झौता भएको थियो ।