'मन्त्री रघुबीर महासेठ जेल जान्छन्'
काठमाडाैँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामचन्द्र झाले भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ भ्रष्ट्राचारको कसुरमा छिटै जेल जाने ठोकुवा गरेका छन्।
धनुषाको महेन्द्रनगरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोन्दै नेकपा नेता रामचन्द्र झाले मन्त्री महासेठका कारण सरकार बदनाम भएको चिन्ता व्यक्त गरे। अहिलेको सरकारले राम्रो काम गरेपनि मन्त्री महासेठले विकास निर्माणको काममा राम्रो नगरेको दाबी नेता झाको छ। झाका अनुसार मन्त्रालय अन्तर्गत निर्माण भएका संरचनाहरु तुरुन्तै भत्किन थालेकाले सरकारको आलोचना हुन थालेको उनले बताए।
‘सम्पत्ति शुद्धिकरणमा मन्त्री महासेठले गरेको भ्रष्टाचारको जालोको पर्दाफास हुन्छ, ठुलाबडा समेत जेलमा रहेकाले महासेठ जादैनन् भनेर दम्भ देखाउनु गलत हो’, झाले भने,‘छिट्टै उनी जेल जीवन बिताउन तयार भए हुन्छ।’
नेकपाकै नेताकाे यस्ताे अभिब्यक्तिले पार्टी भित्रै हलचल मचेकाे छ। स्राेतका अनुसार मन्त्री महासेठकाे नामै ताेकेर अाफ्नै पार्टीका नेताले भ्रष्टाचार नेकपामा अहिले त्याे अभिब्यक्ति चर्चाकाे विषय बनेकाे छ।