News

पूर्वगृहराज्यमन्त्री कँडेल भारतीय नागरिक भएको खुलासा

पूर्वगृहराज्यमन्त्री कँडेल भारतीय नागरिक भएको खुलासा

काठमाडौंः पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनले भारतीय नागरिककै रूपमा शपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ । 

उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षका लागि कँडेल चुनाव लडेका थिए । सन् २०१६ मा भएको चुनावमा उनी असफल भए पनि गत वर्ष भएको चुनावमा भने उनी निर्वाचित भएका थिए । निर्वाचित भएलगत्तै हिन्दी भाषामा शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाया रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको व्यहोरा उल्लेख गरेका छन् । आफूले दिएको विवरण गलत भए भारतको संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि उनले शपथमा गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

शपथपत्रमा उनले भनेका छन्, ‘मिनजानिब देवेन्द्रराज कँडेल (उपप्रबन्धक–उपमन्त्री व कार्यवाहक अध्यक्ष–चेयरमैन) पुत्र स्व. पृथ्वीराज कँडेल–३३ कसया रोड, बेतिया हाता, जनपद–गोरखपुर– शपथकर्ता स–शपथ निम्न बयान करता है– यह कि हम शपथकर्ता बहलफ बयान करता हूँ व कसम खाता हूँ कि हम शपथकर्ताका उपरोक्त नाम, पद, पिताका नाम व पता जो उपर दर्ज हैं सही व सच है ।’

भारतीय नागरिक देवेन्द्रराज कँडेल

विशेष