News

डीभीले राहदानी बनाउने ५ गुणा बढे

डीभीले राहदानी बनाउने ५ गुणा बढे

काठमाडौँ।  बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा (डीभी)को आवेदन फर्म खुल्नासाथै उपत्यकाबाहिरका नेपाली सेवाग्राही राहदानी लिन काठमाडौँ ओइरिएका छन् । 

राहदानी विभागले सधैंको भन्दा भन्डै पाँच गुणा राहदानी आवेदन भर्ने र उत्पादन गर्ने अवस्था आएपछि स्थिति अस्तव्यस्त बनेको छ । गत असोज १५ मा डीभी आवेदन खुलेपछि काठमाडौँ आएर तत्कालै राहदानी (एमआरपी) झिक्नेको संख्या ह्वात्तै बढेको हो । 

अरु बेला जिल्ला संकलन केन्द्रबाट आउनेसहित दैनिक बढीमा आठ सय एमआरपी आवेदन रहेने गरेकोमा पछिल्ला दिनमा झन्डै चार हजार जनाले आवेदन भरिरहेका छन् । 

यसमा पनि एक तिहाई जति १५ हजार रुपैयाँ शुल्क तिरेर एकैदिनमा एमआरपी लिन चाहने छन् । गत असोज १४ मा नारायणहिटीस्थित राहदानी विभागमा आएर  एमआरपी आवेदन दिनेको संख्या ४ सय ८१ थियो।  

 यो समाचार आजको कान्तिपुरमा देवेन्द्र भट्टराईले लेखेका छन् ।

विशेष