कामविहीन सांसद् : पिङ उद्घाटनमा
काठमाडौँ । दशैँ सकियो । तिहार सुरु हुनै लाग्दा गाउँघरमा पिङ हाल्ने क्रम सुरु भएको छ । दशैँका बेलामा चार बाँसका लिंगा गाडेर बाबियोको लठारो बनाइ पिङ खेल्नुभयो होला ।
सामान्यतया वर्षेनी पर्ने दशैँमा पिङ हालिन्छ खेलिन्छ । तर मञ्च, माइक पाए घण्टौँ भाषणबाजीमा उत्रिने नेताहरु अब जस्तो पनि काममा व्यस्त हुन थालेका छन् । बेला बेलामा पिर्के सलामीका कारण पनि चर्चामा आउछन् । अहिले एक सांसदको फोटो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले पिङको उद्घाटन गरेका छन् । उद्घाटनमा उनले सिन्के धुपले पिङ पूजा गरेका छन् । पिङ उद्घाटनमा उनलाई जिल्लाका सरकारी उच्चपदस्थ अधिकारीले साथ दिएका छन् ।
एक विश्लेषक भन्छन् –‘सांसद्ले काम पाएनन् त्यही भएर जस्तो भएपनि उद्घाटन गर्न तम्सिहाल्छन् ।’