News

अनुसन्धान गर भन्दै जिल्ला नेता डेलिगेसन आए, जवाफमा तत्कालीन प्रधानमन्त्री नेपालले आलमलाई मन्त्री बनाए

अनुसन्धान गर भन्दै जिल्ला नेता डेलिगेसन आए, जवाफमा तत्कालीन प्रधानमन्त्री नेपालले आलमलाई मन्त्री बनाए

काठमाडौंः चुनावको अघिल्लो दिन बम विस्फोट भयो । मृतकलाई मात्रै होइन, घाइतेलाई समेत जिउँदै बोरामा कोचेर इँटाभट्टा हाली रातारात खरानी पारियो । जघन्य अपराधका मुख्य योजनाकार थिए– कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलम । तर, भोलिपल्ट २८ चैत ०६४ मा भएको चुनाव उनैले जिते । आलमका निकटतम प्रतिद्वन्द्वी थिए तत्कालीन एमाले नेता शैलेन्द्र साह । 

तत्कालीन ठूलो दल माओवादीको सरकार ढलेपछि कांग्रेसलगायत दलको साथ लिएर एमाले नेता माधव नेपालको नेतृत्वमा ११ जेठ ०६६ मा नयाँ सरकार बनेको थियो । आलम पनि मन्त्री बन्न लागेको सुइँको पाएपछि एमाले नेता शैलेन्द्र साहको नेतृत्वमा रौतहटबाट पार्टीको ‘डेलिगेसन’ नै आएको थियो । त्यसो त माधव नेपाल सोही निर्वाचनमा रौतहटबाट उम्मेदवार थिए ।

त्यसैले उनलाई घटनाको विवरण सबै थाहा थियो । तैपनि, आलमका प्रतिस्पर्धी साहको नेतृत्वमा आएको ‘डेलिगेसन’ले २७ चैतमा बम विस्फोट भएको र घाइतेलाई समेत जिउँदै इँटाभट्टामा हालिएको विवरण स्मरण गराउँदै आलमलाई मन्त्री नबनाउन नेपालसँग अनुरोध गरेका थियो । ‘डेलिगेसन’को माग थियो, ‘तपाईं प्रधानमन्त्री बन्नुभएको छ, जनताले न्याय पाउनुपर्छ, आलममाथि अनुसन्धान हुनुपर्छ ।’ तर, हाम्रो राजनीतिको दुर्भाग्य  ! तत्कालीन प्रधानमन्त्री माधव नेपालले आफ्नै कार्यकर्ताको रोदन सुनेनन्, बरु आलमलाई श्रम तथा यातायातमन्त्रीको शपथ खुवाए । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

बम विस्फोट माधव नेपाल मोहम्मद अफ्ताव आलम

विशेष