भव्य समारोहकाबीच जापानका सम्राट नारुहितोद्वारा राजगद्दी आरोहण

टोकियोः जापानका सम्राट नारुहितोले एउटा भव्य समारोहकाबीच राजगद्दी आरोहण गरेका छन् । उनका पिता अकिहितोले राजगद्दी परित्याग गरेपछि ५९ वर्षीय नारुहितो मे महिनामा जापानको सम्राट बनेका हुन् । आफ्ना छोराको राजगद्दी आरोहण समारोहमा पूर्वसम्राट अकिहितो पनि उपस्थित थिए ।