News

बुध ग्रहको वृश्चिक राशिमा प्रवेशले १२ राशिमध्ये कुन राशिलाई शुभ अशुभ कस्तो फल मिल्ला ? हेर्नुहोस

बुध ग्रहको वृश्चिक राशिमा प्रवेशले १२ राशिमध्ये कुन राशिलाई शुभ अशुभ कस्तो फल मिल्ला ?  हेर्नुहोस

दिपावलीको ठिक चार यानी अक्टोबर ३२ तारिख देखि बुध ग्रह वृश्चिक राशिमा परिवर्तन हुदै छ। राती ११ बजेर ४६ मिनेटमा बुध ग्रह परिवर्तन भई वृश्चिक राशीमा प्रवेश गर्दै छ।  यस राशीमा बुध ग्रह नोबेम्बर ७ सम्म रहने छ। बुध ग्रहको वृश्चिक राशिमा परिवर्तनले कुन राशिलाई कस्तो असर पर्ला त आउनुहोस हेर्नुहोस 

मेष 

बुध ग्रहको राशी परिवर्तनले मेष राशी भएकाहरुको आर्थिक समृद्धि हुनेछ।  स्वास्थ्यमा सुधार भएर जानेछ।  आम्दानीका नयाँ स्रोतहरु खुलेर जानेछन।  

वृष 

पारिवारमा खुसियाली छाउने छ।  दाम्पत्य जीवन सुखद रहने छ।  व्यापार व्यवसायमा सोचे अनुरुपको लाभ मिल्नेछ।  

मिथुन 

स्वास्थ्य प्रति सजक रहनु पर्नेछ।  नकारात्मक विचार र क्रोधलाई नियन्त्रणमा राख्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।  

कर्कट 

कर्कट राशी हुनेका लागि सुखद बैदेशिक यात्राको योग रहेको छ।  पारिवारिक सर सहयोग प्राप्त हुनेछ। अनावश्यक खर्चका कारण आर्थिक मन्दीको सामना गर्नु पर्नेछ। 

सिंह 

आम्दानीका नया स्रोतहरु खुलेर जानेछन।  नोकरी व्यवसायबाट बिशेष लाभ मिल्नेछ।  

कन्या 

नोकरी व्यवसायका क्षेत्रबाट बिशेष लाभ मिल्ने छ।  आत्मविश्वास बढेर जानेछ।  स्वास्थ्य अनुकुल रहने छ।  

तुला 

बुध ग्रहको राशी परिवर्तनले तुला राशी हुनेहरुमा आर्थिक लाभ हुनेछ।  मान सम्मान बढेर जानेछ।  प्रेम तथा मित्रताको बन्धन कसिने समय रहेको छ।  

वृश्चिक 

मनमा नकारात्मक विचार आउन नदिनुहोला।  कुनै नयाँ कामको थालनी गर्नु पुर्व राम्रोसंग सोचविचार गर्नु पर्नेछ।  धर्म कर्ममा मन जानेछ।  

धनु 

माताको स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुनेछ।  नोकरी व्यवसायमा प्रगति हुनेछ।  आर्थिक लाभ भएर जानेछ।  

मकर 

बुध मकर राशिको ११ औँ स्थानमा गोचर गर्न गईरहेको छ।यस समयमा नसोचेको ठाउँबाट लाभ हुने देखिन्छ।  साथीभीको साथ र सहयोग प्रसस्त मिल्नेछ।  

कुम्भ 

आर्थिक लाभको सम्भावना रहेको छ। दाम्पत्य जीवन सुखद रहनेछ।  परिवारमा सामान्य खटपट देखिने छ।  

मिन 

 यस परिवर्तनले बिद्यार्थीहरुमा बिशेष लाभ हुने देखिन्छ।  सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिने छ।  

 

 

 

बुध ग्रहको राशी परिवर्तन प्रभाव

विशेष