News

 भैंसी चोर्दै गर्दा गोठबाटै पक्राउ परे ४ जना 

 भैंसी चोर्दै गर्दा गोठबाटै पक्राउ परे ४ जना 

सप्तरीः जिल्लाको रुपनी गाउँपालिका–१ रायपुर स्थित गोठमा भैसी चोर्दै गर्दा तीन चोरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले चोरेको भैंसी लैजान प्रयोग गर्ने उद्देश्यले राखिएको एउटा पिकअप भ्यान समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय विशेश्वर यादवको गोठमा बाँधेको भैसीको डोरी खोलेर चोर्दै गर्दा ती चोरहरुलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । भैंसी चोरी गर्र्दै अवस्थामा गोठबाटै जिल्लाकै बोदेबर्साईन नगरपालिका ५ बस्ने २६ वर्षीय मो रफिल मिँया पक्राउ गरिएको छ । 

अभियुक्तकै बयानको आधारमा चोरीमा सघाउन रुपनी चोकबाट पिकअप भ्यानसहित सिरहा जिल्लाको महेशपुर पतारी गाउँपालिका–४ बस्ने ३५ वर्षीय नसरुल मिया र धनुषा जिल्लाको गणेशमान चासाथ नगरपालिका–५ बस्ने २८ वर्षीय नारायण बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

भैंसी लैजान रुपनी चोकमा राखिएको ज १ च १२०१ नम्बरको पिकअप भ्यानसहित उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

पक्राउ  भैंसी

विशेष