समोआमा ६.० शक्तिशाली भूकम्पको धक्का
सुभा– ओसिनिया–अस्ट्रेलिया द्वीपराष्ट्र समोआमा मङ्गलबार ६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ।
भूकम्पको केन्द्रबिन्दु जमिनको सतहदेखि करिब ८९ किलोमिटर तल रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।
भूकम्पका कारण जतिको क्षति भयो भन्ने बारे भने यकिन बिवरण प्राप्त भइ नसकेको बताईएको छ।