घटनापछि महराका छोरा पनि आक्रोशित 

घटनापछि महराका छोरा पनि आक्रोशित 

काठमाडौँ । एक महिला कर्मचारीलाई उनको कोठामा पुगेर जबर्जस्ती करणीको आरोपपछि सभामुखबाट राजीनामा दिएर बसेका कृष्णबहादुर महराबारे अनेकन टिका टिप्पणी भैरहेका छन् । कृष्णबहादुर महराका छोरा निर्मल महरा एटमले पनि बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोखेका छन् ।

उनले आफ्ना पिता पदको भोगी नहरेको र छानबिनका लागि नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । एटमले लेखेका छन्, ‘महरा पदको भोगी होइनन्, आरोपित घटनाक्रम पुष्टि गर्न नैतिकताका आधारमा राजीनामा लेखेका हुन् ।’

उनले पार्टीका नेताहरुलाई लक्षित गर्दै लेखेका छन्, ‘कति छिटो आँ गरेर बसेको ? कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस् भन्ने कामना गर्न लागेपछि षड्यन्त्र के लाई बुझ्ने र?

 जबर्जस्ती करणीको घटना सार्वजनिक भएपछि महराले सभामुखबाट राजीनामा दिएका छन् । महरा आबद्ध नेकपाले भने महरालाई सांसदबाट पनि राजीनामा दिन भनेको छ । यस प्रकरणपछि महरा समर्थकहरु पार्टीकै नेताहरु महराको विपक्षमा उभिएको आरोप लगाइरहेका छन् । 
 

कृष्णबहादुर महरा

संम्बधित खबर

विशेष