News

१ लाख नगदसहित ११ जुवाडे पक्राउ

१ लाख नगदसहित ११ जुवाडे पक्राउ

काठमाडौँ।  नेपाल प्रहरीले काठमाडौँको बूढानीलकण्ठबाट ११ जुवाडेलाइ पक्राउ गरेको छ।  प्रहरीले उनीहरुको साथबाट  १ लाख ७८ हजार नगदसहित पक्राउ गरेको हो।  

बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा मंगलबार नगदसहित ११ जनालाई नियन्त्रणमा लिइएको डीएसपी उमेश लम्सालले जानकारी दिएका छन। 

गुरुङ यसअघि पटक–पटक जुवा मुद्दा खेपेर अदालतबाट छुटेकी पेशेवर जुवाडे हुन् । 

गुरुङको कोठाबाट  ५०० लिटर अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरिएको समेत डीएसपी लम्सालले जनाएका छन।  

जुवाडे पक्राउ

विशेष