महिला हुत्याउने डोजर चालकबिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता
बैतडी। दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।
महिला हुत्याएको भिडियो सार्वजनिक भएसंगै बोहोरालाई नियन्त्रण लिई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिएका छन। बोहोरामाथि जिल्ला अदालतबाट १० दिनको म्याद थपगरि अनुसन्धान गरिने समेत उनले जनाएका छन।
वडा नं ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो। झडपमा सडक रोक्न जादा गौरीलाई डोजरले हुत्याएको थियो। डोजरको हुत्याईबाट गम्भीर घाइते भएकी उनको कोहलपुरमा उपचार भइरहेको छ ।
यस्तै झडपमा ढुङ्गा हानाहान पनि भएको थियो । ढुङ्गा हानाहान हुँदा दुवै पक्षका अरु सात समान्य घाइते भएका थिए ।
#डोजर आतंक