महिलाले बोली फेरिन्, महरा निर्दोष भए के हुन्छ सभामुख पद ? यस्तो छ संवैधानिक व्यवस्था

महिलाले बोली फेरिन्, महरा निर्दोष भए के हुन्छ सभामुख पद ? यस्तो छ संवैधानिक व्यवस्था

काठमाडौँ । जबर्जस्ती करणीको आरोपसँगै सभामुख पदबाट कृष्णबहादुर महराले मंगलबार राजीनामा दिए । सोमबार घटना सार्वजनिक भएपछि मंगलबार साँझ एक अनलाईनमा अन्तर्वार्ता दिँदै सभामुखको हवसको शिकार भएकी भनिएकी महिलाले आफ्नो बोली फेरिन् । उनले आफू डिप्रेशनको रोगी रहेको र पत्रकारले जबर्जस्त बंग्याएर समाचार लेखेको आरोप लगाइन् ।

साथै महरा आफ्नो निवासमा समेत नआएको उनले जिकिर गरिन् । उनको यस्तो बोलीसँगै नयाँ ट्विस्ट भएको छ भने यसबारे अनेकन टिका टिप्पणी सुरु भएका छन् । सांसदबाट समेत राजीनामा दिन निर्देश गरेको महरा आबद्ध नेकपाको निर्देशन अस्वीकार गर्दै महराले छानबिन अवधि सम्मका लागि भन्दै सभामुख पदबाट राजीनामा दिएका छन् ।

हेर्नुहोस् महराको राजीनामा :

अब महिलाले बोली फेरे वा महिला महराको बचाऊमा लागे के हुन्छ त ? ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’ भन्नाले के महरा फेरि सभामुखकैरुपमा फर्किन सक्छन् ? भन्ने प्रश्नमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भन्छन् –‘ लिखित रुपमा आएपछि सकियो । शर्त भन्ने हुन्न अब कानूनी प्रक्रिया अनुसार अघि बढ्छ । सभामुख पद रिक्त भैसक्यो । ’ संविधानमा पनि सभामुखले लिखित राजीनामा दिएमा पद रिक्त हुने प्रस्ट व्यवस्था छ ।

संविधानको धारा ९१ को उपधारा ६ को (ख) ले सभामुखले लिखित राजीनामा दिएमा पद रिक्त हुने व्यवस्था  छ ।

सभामुखको राजीनामाबारे नियमावलीमा भएको व्यवस्था यस्तो छ । 

पूर्वसभामुख, कानुनविद् एवं सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि सभामुखको राजीनामा सशर्त नहुने प्रस्ट गरिसकेका छन् ।
अब अर्को व्यवस्था नहुन्जेल उपसभामुखले नै सभामुखको कार्यभार सम्हाल्ने बताए संविधान विद्हरु बताउँछन् । 

कृष्णबहादुर महरा

संम्बधित खबर

विशेष