News समाज

महरा बलात्कार प्रकरण : रातारात महिलाको बोली फेरियो, भाइबार म्यासेजले गर्यो यस्तो खुलाशा

महरा बलात्कार प्रकरण : रातारात महिलाको बोली फेरियो, भाइबार म्यासेजले गर्यो यस्तो खुलाशा

काठमाडौँ । जबर्जस्ती करणीको आरोपपछि राजीनामा दिएका कृष्णबहादुर महराबाट र पीडित भनिएकी महिला रोशनी शाहीबीच भएको भाइबर म्यासेज सार्वजनिक भएको छ । हाम्रा कुरा डटकम अनलाइनले रोशनी शाहीसँग गरिएको कुराकानीको दोस्रो अंश सार्वजनिक गरेको हो । ७ मिनेट लामो भिडियो कुराकानीमा महरा र रोशनीबीच भएको सम्वादको कुरालाई निरन्तरता दिइएको छ । 

एम सर नाममा सेभ गरिएको भाइबर म्यासेजको कुराकानीमा महराले महिलासँग माफी मागेका छन् । उनले म्यासेजमा लेखेका छन्, फर्गेट एस्टर्डे अर्थात हिजोको कुरा बिर्स । सोमबार बिहान ८ बजेर ८ मिनेटमा महराले महिलालाई म्यासेज गर्दै फर्गेट एस्टर्डे भनेका हुन् । महिलाले त्यसको जवाफ पनि दिएकी छिन् । महिलाले भने ८ बजेर ३८ मिनेटमा जवाफ फर्काउँदै तेरो सकिने दिन आयो भनेकी छिन् । उनले लेखेकी छिन् सबैतिर तेरो र्‍युमर फैलाउँछु भन्दै म्यासेज पठाएकी छिन् ।

उनले लेखेकी छिन्, तँ न माफीको लायक भइस, न मायाको लायक, सबैतिर तेरो र्‍युमर फैलाउँछु, अब सिजेलाई पनि सबै भने, तेरो उपसभामुखलाई पनि भनें मेसेज गरेर ।

हिँजो पुलिसलाई बयान दिएँ के के भको भनेर । तैंले पिटेका ठाउँ ठाउँका निलडाम मेरो औंला भाँचिने गरी बटारेको सुन्निएको सबै मोबाइलमा रेकर्ड गरेर लगेको छ । पम्फालाई म्यासेज गरें । गर्न सक्ने सबै गर्छु, तँलाई बचाएर के काम अब ?’ र, त्यसको लगत्तै उनले अर्को म्यासेज गरेकी छिन्, ‘तँ न माफीको लायक भइस्, न मायाको लायक ।’ 

रातारात फेरियो बोली

सोमबार घटना सार्वजनिक भएसँगै यसले सामाजिक सञ्जालदेखि सबैतिर हंगामा ल्याएको थियो । मंगलबार सभामुख महराले राजीनामा समेत दिए । तर मंगलबारै बेलुका महिलाले बयान फेरेकी छिन् ।

यसअघि हाम्राकुरा अनलाइनमा भिडियो वार्ताका क्रममा उनले महरा आएको सबै बताएकी थिइन् तर मंगलबार बेलुका नागरिकखबर अनलाईनलाई भिडियो अन्तर्वार्ता दिँदै महरा नआएको र महरा आफ्नो बुबासमान भएको दाबी गरेकी थिइन् । यससँगै सामाजिक सञ्जालमा महिलाको चरित्र वा दबाब के कति कारणले बयान फेरियो भनेर टिकाटिप्पणी हुन थालेको छ । 

सभामुख महरा प्रकरण

विशेष