महराको बयान आज पनि सकिएन, तीन दिन जेलमैँ रहने
काठमाडौँ । संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान आज पनि सकिएन । बयान नसकिएपछि प्रहरीले पुनः तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्दै जिल्ला अदालतमा पेश गरेको छ ।
महरासँगको बयान नसकिएको भन्दै काठमाडौं प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराउन लागेको महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
यसअघि अदालतले थुनामा राखेर थप अनुसन्धान गर्न भन्दै पाँच दिनको म्याद थपेको थियो ।