कमेरो खन्ने क्रममा पहिरो, किशोरीको मृत्यु
राेल्पा। तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा पहिरोमा परी रोल्पामा एक किशोरीको ज्यान गएको छ । रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा बिहीबार बिहान सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएको बताए ।