News

महराको तिहार पनि हिरासतमै हुने

महराको तिहार पनि हिरासतमै हुने

बलात्कार आरोपी पूर्वसभामुख कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि तेस्रो पटक सात दिनका लागि म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतले महरामाथि थप अनुसन्धानका लागि प्रहरीलाई सात दिनको अनुमति दिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए ।

यो म्याद बिहीबारदेखि नै लागु हुने जनाइएको छ । असोज १९ गते पक्राउ परेर दसैं हिरासतमै बिताएका महराको तिहार पनि हिरासतमै हुने भएको छ । 
 
संसद सचिवालयमा कार्यरत रोशनी शाहीले जबर्जस्ती करणी उद्योगमा उजुरी गरेपछि महरा पक्राउ परेका थिए । यसअघि काठमाडौं जिल्ला अदालतले कात्तिक ३ गते आइतबार पाँच दिनका लागि म्याद थप गरिएको थियो । 

त्यसअघि असोज २८ महरामाथि अनुसन्धानका लागि १३ दिनको म्याद दिएको थियो । महरा असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ परेका थिए ।

विशेष