सहकारीको बदमासी, नियत नै ऋणीको घरजग्गा हडप्ने
काठमाडौँ। २०५८ सालमा फेवातालको सिरान चापाकोटका किसान बलराम अधिकारीले घरमै सानो किराना पसल खोल्ने योजना बनाउँदा उनीसँग पैसा थिएन। नजिकै बैंक वा सहकारी पनि थिएनन्। एकजना छिमेकीले पोखरा सभागृह चोकको नेपाल सहकारी संस्था लिमिटेडबाट ऋण लिएर गाईभैंसी पालेको देखेपछि बलराम पनि दुई घण्टा पैदल हिंडेर सहकारीको कार्यालयमा पुगे। उनको चार रोपनी घरखेत धितो राखेमा ऋण दिन सहकारी तयार भयो।
आफ्नो भएको सबै घरखेत धितो राखेर उनले एक लाख रुपैयाँ ऋण लिए। यसमा १० प्रतिशत सेवा शुल्क र ५ हजारको सेयर लिनुपर्ने सहकारीको सर्त पूरा गर्दा उनको हातमा ८५ हजार रुपैयाँ प-यो। द्वन्द्वको बेला थियो, पसल राम्रो चलेन। बैंकमा ब्याज बढिरह्यो, तिर्ने स्रोत भएन। ऋण तिर्न नसकेपछि अधिकारीले पनि त्यसै गरे जस्तो लाखौं नेपाली युवाले गर्छन्। उनी बिदेसिए। मलेसियाबाट पठाएको पैसाले पत्नी पार्वती अधिकारीले दुई किस्ता तिरिन्। अर्को किस्ता तिर्न जाँदा सभागृह चोकको सहकारी नै गायब थियो।
नेपाल सहकारी अचानक गायब भएकोमा बलराम र पार्वतीमा चिन्ता थपियो। तर नेपाल सहकारीबाट ऋण लिने अधिकारी परिवार एक्लो थिएन। तीन घरपरका कुलप्रसाद पराजुलीले पनि यही सहकारीबाट आफ्नो सबै १० रोपनी घरखेत धितो राखेर गाई पाल्न दुई लाख रुपैयाँ ऋण लिएका थिए।
यो समाचार आजको नागरिक दैनिकमा रुद्र पंगेनीले लेखेका छन।
सहकारी