News

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको काम सुस्त: ग्रेलिस्टमा पर्न सक्ने खतरा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको काम सुस्त: ग्रेलिस्टमा पर्न सक्ने खतरा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो काम तीव्र बनाएको दाबी गरिरहँदा उपलब्धि भने सुस्त देखिएको छ ।

विभागमा उजुरी परेअनुसार अनुसन्धान गरी मुद्दा दायर गर्ने क्रममा तीव्रता आउन सकेको छैन । विभागले आक्रामक रूपमा काम गर्न नसक्दा र ठूला केसमा मुद्दा दायर गर्ने क्रम बढाउन नसक्दा नेपाल फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटीएफ)को रेटिङमा ग्रेलिस्टमा पर्ने खतरा बढेको छ । विभागका अधिकारी पनि राजनीतिक नेतृत्व कामप्रति प्रतिबद्ध हुन नसकेमा र जिम्मेवार निकायले जिम्मेवारीअनुसारको काम नगरे नेपाल ग्रेलिस्टमा पर्न सक्ने सम्भावना औल्याउछन। 

यदि नेपाललाई फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटीएफ)ले रेटिङ गर्दा ग्रेलिस्टमा राखे नेपालप्रति विश्वले गलत दृष्टिले हेर्ने जानकार बताउँछन् । जसले गर्दा विदेशी लगानी नआउने, नेपालको लेटर अफ क्रेडिट (एलसी) विदेशमा नचल्लने, नेपाली विदेश जाने क्रममा अत्यधिक छानबिनमा पर्न सक्ने जस्ता समस्या आउने गर्छ ।

अहिले सो लिस्टमा परेका देशमा पाकिस्तान, इरान, उत्तर कोरियाजस्ता मुलुक छन् ।

यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन।  

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग

विशेष