News

ध्वाँसे चितुवा संरक्षणमा नेपाल बिश्वकै उत्कृष्ट

ध्वाँसे चितुवा संरक्षणमा नेपाल बिश्वकै उत्कृष्ट

काठमाडौँ।  नेपालको ध्वाँसे चितुवा संरक्षण परियोजना विश्वकै उत्कृष्ट बन्न सफल भएको छ । यसअघि उत्कृष्ट पाँचमा पर्न सफल भएका यो परियोजनासहित पाँचवटालाई खुला मतदानका लागि आह्वान गरिएको थियो ।

विश्वभरबाट प्राप्तमध्ये सबैभन्दा बढी मत प्राप्त गर्दै ध्वाँसे चितुवा परियोजना उत्कृष्ट बनेको युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसनले जनाएको छ ।

अनलाइन मतदान भएकामा यस समूहमा रहेको अन्य चार परियोजनालाई उछिन्दै नेपालको परियोजना उत्कृष्ट भएको हो । मङ्गलबार राति सार्वजनिक नतिजाअनुसार पाँच परियोजनाका लागि कुल १८ हजार ८७२ मत खसेको थियो ।

कुल ४४ प्रतिशत अर्थात् आठ हजार ३४२ मत प्राप्त गर्दै नेपालको परियोजनाले बाजी मारेको जनाइएको छ । नेपाल पछ्याउँँदै अघि बढेको आर्मेनियाको मानव भालु द्वन्द्व समाधान परियोजनालाई एक हजार ७३७ मतले नेपालले पछि पारेको थियो ।

यो समाचार अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ।  

ध्वाँसे चितुवा

विशेष