विदेश

ट्रकमा ३९ जनाको शव भेटियो, हत्याको आशंकामा ट्रक चालक पक्राउ

ट्रकमा ३९ जनाको शव भेटियो, हत्याको आशंकामा ट्रक चालक पक्राउ

लण्डनको पूर्वी शहर एसेक्समा  बुधबार बिहानै एक ट्रकभित्र ३९ शव भेटिएका छन् ।

ट्रक पुर्वी युरोपियन मुलुक बल्गेरियाबाट आएको कतिपय बेलायती सञ्चार माध्यमले जनाएका छन्। बल्गेरीयाको विदेशमन्त्रालयका प्रवक्ताले सो ट्रक आफ्नो मुलुकमा दर्ता रहेको जनाएका छन्।

हत्याको आशंकामा ट्रकका चालक आइरिस नागरिक २५ बर्षिय मो रबिन्सनलाई प्रहरीले पक्राउ गरेको छ। 

बेलायती प्रहरीले त्यो ट्रक कहाँबाट आएको, त्यहाँ भित्रका लास कसरी आए, ती कुन देशका मानिस हुन् र उनीहरुको कसरी मृत्यु भयो भन्ने पत्ता लगाउन अनुसन्धान भईरहेको बताएका छन।  

मानव तस्करहरुले बेलायत लैजाने क्रममा ति मानिसहरुको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। यो भन्दा अघि सन् २००० पनि बेलायत छिरेको एउटा ट्रकमा ५८ चिनियाँ नागरिकको लाश फेला परेको थियो।

ट्रक ३९ जनाको शव चालक पक्राउ

विशेष