प्रधानमन्त्री जाँदा विमानस्थलमा जे भयो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विहीबार अजरबैजान प्रस्थान गरे । उनी कतार एअरवेजबाट बाकु प्रस्थान गर्दा त्रिभुवन विमास्थलमा भने यात्रुले पाउनुसम्मको सास्ती पाए । यतिसम्मकी विमास्थलमा ल्याण्ड भएका प्लेनबाटसमेत यात्रुले एक घण्टासम्म बाहिर निस्कन पाएनन् ।
प्रधानमन्त्रीको उडान हुनुभन्दा अघि आन्तरिक उडानका बुद्ध एअर, यति एअर लगायतका विमानहरु त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । तर, अवतरण गरेका विमानहरुबाट यात्रुलाई ओर्लन नदिएर विमानभित्रै राखिएको थियो ।‘विमान अवतरण भएपछि म एक घन्टा बुद्ध एअरको विमानभित्रै बसिरहें’– एक यात्रुले बताए ।
प्रधानमन्त्रीसहितको टोली उडेपछि मात्रै यात्रुहरु विमानबाट ओर्लन पाएका थिए । भिभिआईपीको उडानका बेला विमानस्थल व्यवस्थापनले यसरी नै दुःख दिने गरेको सर्वसाधारणको गुनासो छ ।