News

स्काभेटर पल्टिँदा चालकको मृत्यु

स्काभेटर पल्टिँदा चालकको मृत्यु

रुकुम पूर्वः जिल्लाको भूमे गाउँपालिका–३ खावाङबगरमा स्काभेटर पल्टिँदा चालकको ज्यान गएको छ । भूमे गाउँपालिकाको रा १ ग २९ नम्बरको स्काभेटर पल्टिँदाचालक भूमे गाउँपालिका–२ काँक्रीका ४८ वर्षीय दुर्गाबहादुर बुढाको ज्यान गएको हो । 

खावाङबाट लुकुमतर्फ आँउदै गरेको स्काभेटर जमिन भासिएर पल्टिएपछि चालक बुढा च्यापिएका थिए । च्यापिएको अवस्थामा उद्दार गर्ने क्रममै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बुढाको शव पोष्टमार्टमका लागि सदरमुकाम रुकुमकोट ल्याइएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले बताए । 

रुकुम पूर्व स्काभेटर

विशेष