News

७७ किलो गाजासहित २ जना पक्राउ

७७ किलो गाजासहित २ जना पक्राउ

बाराः भारतीय गाडीमा ल्याउँदै गरेको ७७ किलो गाजा सहित दुई जनालाई सशस्त्र प्रहरी बल कोल्हवीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर–९ कञ्चनपुर टोल बस्ने बर्ष ४५ को गोपाल सहनी र आर्दशकोतवाल गाउँपालिका वडा नम्बर–७ कोतवाली बस्ने बर्ष २४ को आजाद आलम रहेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले बताए । 

बाराको रामवनबाट प्रसौना तर्फ आईरहेको बिआर ५३÷६३८६ नम्बरको भारतीय बोलेरो गाडीमा ४ वटा बोरामा लुकाएर ल्याउदै गरेको गाडीलाई सशस्त्र प्रहरी बल कोल्हवीको सशस्त्र प्रहरी निरीक्षक नवराज सापकोटाको नेतृत्वमा रहेको टोलीले चेकजाँचको क्रममा बुधबार राती साढे ८ बजे करैयामाई गाउँपालिका वडा नम्बर–७ ढोढिया पिप्राटोलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सहनी र आलम सहित गाजा, गाडीलाई आवश्यक कारवाहीको लागि बिहिबार बिहान ईलाका प्रहरी कार्यालय कोल्हवीको जिम्मा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए । 

बारा गाँजा

विशेष