बंगलादेशमा छात्रालाई ज्यूँदै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला
एजेन्सी । बंगलादेशको अदालतले छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। गत अप्रिलमा १९ वर्षीया नुसरत जहाँ रफीको फेनी नगरमा हत्या भएको थियो ।
नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन् । उजुरीपछि गत अप्रिल ६ मा उनलाई विद्यालयको छानामा बुर्का लगाएका चार/पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाव दिएका थिए ।
त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो । उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास गरिए पनि उनको उद्धार गरिएको प्रहरीेले जनाएको छ । शरीरको ८० प्रतिशत भाग जलेको अवस्थामा भेटिएकी नुसरतको उपचारका क्रममा चार दिनपछि मृत्यु भएको थियो ।