उपहार दिएको आरोप लागेपछि मन्त्रीले दिए राजीनामा, प्रधानमन्त्रीले मागे माफी!
काठमाडाैँ – जापानमा मतदातालाई उपहार दिएको आरोप लागेपछि एक मन्त्रीले राजीनामा दिएका छने भने त्यहाँ प्रधानमन्त्रीले जनतासँग माफी समेत मागेका छन्।
नवनियुक्त व्यापार मन्त्री इसु सुगावाराले आफ्ना मतदातालाई महंगा फलफूल र गँगटो उपहार दिएको समाचार स्थानीय पत्रपत्रिकाले लेखेपछि यस्तो अवस्था आएको हो ।उनले आफ्ना समर्थकको परिवारलाई २० हजार एन दिने तयारी गरेको पनि बिबिसीले जनाएको छ ।
ती मन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले राजीनामा दिएका छन् ।बिबिसीका अनुसार उनले मृतक परिवारलाई समवेदनाको रुपमा सो रकम दिन खोजेका थिए । निर्वाचन कानुनले आफ्ना मतदातालाई चन्दा दिन रोक लगाएको छ ।
मन्त्री सुगावाराले घटनाबारे समाचार आएपछि राजीनामा दिएका हुन् ।
आफ्नो कारणले संसदीय गतिविधि नरोकियोस् भन्दै राजीनामा दिएको जनाएका छन् । साथै प्रधानमन्त्री सिन्जो आवेले पनि उनलाई नियुक्त गरेको जिम्मेवारी लिँदै जनता समक्ष माफी मागेका छन् ।