छात्रालाई ज्युदै जलाउने शिक्षकसहित १६ जनालाई मृत्युदण्ड
ढाका। बंगलादेशको एक अदालतले छात्रालाई ज्युदै जलाएर हत्या गरेको अभियोगमा १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
१९ वर्षीया छात्रा नुसरत जहाँ रफीलाई जलाएर हत्या गरेको अभियोगमा अदालतले १६ जनालाई दोषी ठहर गरेको हो । ढाकादेखि १६० किलोमिटर टाढा फेनी नगरमा नुसरतको हत्या गरिएको थियो ।
उनले यौन दुव्र्यवहार भएको भन्दै आफ्नै शिक्षकविरुद्ध उजुरी दिएकी थिइन् । उक्त उजुरी फिर्ता लिन उनलाई दबाव दिइएको घटना बाहिर आएको छ ।
उजुरी फिर्ता लिन नमान्दा उनलाई शिक्षककै संलग्नतामा एक समूहले जलाएर हत्या गरेको स्थानीय मिडियाले जनाएका छन् । अदालतले मुद्दाको फैसला गर्दै शिक्षक सहित १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । यस क्रममा बंगलादेशमा महिला हिंसा विरुद्ध श्रृंखलावद्ध आन्दोलन हुँदैआएको थियो ।
नुसरत जहाँ रफी