यी हुन् तितेपातीबाट हुने फाइदा, जानिराखौं

यी हुन् तितेपातीबाट हुने फाइदा, जानिराखौं

तितेपाती नेपालका प्राय: सबै क्षेत्रमा पाइने झाडी प्रजातिको बिरुवा हो । यो नेपालको भुगाेलअनुसार फरक–फरक हुन्छ।  तितेपाती ५–६ किसिमका हुन्छन।यद्धपी, सबै स्थानमा पाइने तीतेपातीको गुण र बिशेषता भने एकै हुन्छ । धेरै रोगको उपचार गर्न सहज तरिकाले पाइने हुँदा पनि यसकाे छुट्टै महत्व छ ।

यसै सन्दर्भमा आज हामी तितेपातीभात हुने फाइदाहरुका बारेमा बताउन जादैछौं आउनुहोस, 

औषधीको रुपमा तितेपातीले के काम गर्छ ?

१. यदि पेटमा जुका परेको छ भने तितेपाती खायो भने जुका नास गर्छ ।

२. युरिक एसिड भएकालाई पनि तितेपाती लाभदायी छ।   

३. यसले बाहिरी दूषित कीटाणुलाई नष्ट गर्छ ।

४. बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउदा तीन–चार दिनमै सन्चो हुन्छ ।

कसरी उपयोग गर्ने ?

१‍. बिहान उठ्नासाथ १५ दिनजति आधादेखि एक चम्चासम्म मनतातो पानीसँग खाँदा धेरैजसो रोगलाई फाइदा गर्छ ।

२. यसको स्वरस (झोल) ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउछ ।

३. बाथ,पित्त र कफ (त्रिदोष) लाई बढ्न दिदैँन् ।

४. छालामा समस्या छ भने झोल बनाएर लगाउँदा फाइदा गर्छ ।

५. सुनिएको ठाउँमा तातो पट्टि बाँधिदिँदा सन्चो बनाउँछ ।

अन्य प्रयोग

 १.सबेै रोगलाई उपर्युक्त हुने तीतेपाती हावामा सुकाएर पकाउँदै खोटो बनाएर एक दुई गोली बिहान खाँदा सबै किसिमका रोग नास हुन्छ ।

२.बोटबिरुवा अन्नबाली तथा सागपातमा कीरा लाग्यो भने तितेपातीको रस एक लिटर गाईको गहुँत एक लिटर र तितेपातीको खरानी एक किलोग्राम पाँच–सात लिटर पानीमा मिलाई ५–६ पटक छर्कदा रोगका जीवाणुहरु हराउँछन् ।

कति प्रयोग गर्ने ?

१‍‍‍. सामान्य मात्रा लेदो चूर्ण तीनदेखि पाँच ग्राम प्रयोग गर्ने ।

२. १० देखि १५ थोपा स्वरसको एक गिलास पानीमा काडा बनाएर सेवन या लेपन गर्ने ।

३.  तीन–चार थोपा दिनमा एक–दुई पटक खाँदा फाइदा गर्छ ।

संम्बधित खबर

विशेष