News

स्थायी शिक्षकको पीडा, ५ महिनासम्म स्कुलमा हाजिर हुनै पाएनन्

स्थायी शिक्षकको पीडा, ५ महिनासम्म स्कुलमा हाजिर हुनै पाएनन्

काठमाडौं– कास्कीका चेतनारायण लामिछाने गत जेठमा स्थायी शिक्षकमा छनोट भए । शिक्षक सेवा आयोगले लिएको परीक्षामा उनी संस्कृत भाषा विषयको शिक्षकमा छानिएका हुन् । आयोगले नतिजा प्रकाशन गरेको पनि पाँच महिना पूरा हुन लागिसकेको छ । तर, लामिछानेले अहिलेसम्म स्कुलमा हाजिर गर्न पाएका छैनन् ।

सँगै स्थायी भएका अन्य विषयका शिक्षकले तलब भत्तासमेत पाइसकेका छन् । उनी भने आफूले पढाउने स्कुल कुन हो भन्ने जान्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र धाएरै दिन बिताइरहेका छन् । आयोगले स्थायी भएका शिक्षकको नाम त्यतिखेरै केन्द्रलाई सिफारिस गरेको थियो ।

सिफारिसका आधारमा केन्द्रले लामिछानेलाई कास्कीको चिसोखोला वेद विद्याश्रममा हाजिर हुन पठाएको थियो। तर, उनलाई विषय नमिल्ने भन्दै शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले उक्त विद्यालयमा पठाउन नमिल्ने बतायो। यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

स्थायी शिक्षक चेतनारायण लामिछाने

विशेष