भाईटिकाको भोलिपल्ट सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ। सरकारले भाईटिकाको भोलिपल्ट अर्थात् कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले भाईटिकाको भोलिपल्ट बिहिवार नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि बिदा दिने निर्णय गरेको हो।
‘नेवार समुदायले किजा पूजाको दिन भाइटीका मनाउने भएकाले त्यसदिन बिदा दिन अनुरोध आइरहेकाले बिदा दिने निर्णय भएको गृहसचिव प्रेमकुमार राईले जनाएका छन।
तर पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो।
सार्वजनिक बिदा कात्तिक १३