विदेश

विधानसभा निर्वाचनमा भाजपालाई झड्का, पराजित भए १५ मन्त्री

विधानसभा निर्वाचनमा भाजपालाई झड्का, पराजित भए १५ मन्त्री

काठमाडौं– भारतको हरियाणा र महाराष्ट्रमा भएको विधानसभा निर्वाचनमा प्रदेश सरकारका अधिकांश मन्त्री पराजित भएका छन्।

दुबै प्रदेशमा भएको निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले धेरै सिटमा जित हासिल गरे पनि भाजपाकै तर्फबाट सरकारमा रहेका मन्त्रीहरु भने पराजित भएका हुन्। 

महाराष्ट्रमा देवेन्द्र फडणविस नेतृत्वको सरकारका ८ मन्त्री विधानसभा निर्वाचनमा पराजित भएका छन् । मनोहर लाल खट्टर नेतृत्वको हरियाणा सरकारका सात मन्त्री पराजित भएका छन् ।

हरियाणामा मन्त्रीसहित सत्तारुढ भाजपका प्रदेश अध्यक्ष सुभाष बरालासमेत पराजित भएका छन् । हरियाणा सरकारमा रहेका ११ मन्त्रीमध्ये ९ जनाले टिकट पाएका थिए भने दुई जनालेमात्रै जित निकालेका हुन् । 

दुबै राज्यमा भाजपाले राम्रो जित निकालेको छ । भाजपाले महाराष्ट्रमा बहुमत प्राप्त गरे पनि शिवसेनासँग मिलेर सरकार गठनको तयारी गरेको छ भने हरियाणामा बहुमत प्राप्त गर्न नसकेपछि त्यहाँ पनि एकल सरकार नबन्ने भएको छ । 

मन्त्री विधानसभा निर्वाचन

विशेष