पकाएर राखेको खोलेमा परेर २ वर्षीय बालकको मृत्यु

इलामः इलामको माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर मृत्यु भएको छ ।
सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महिनाका छोरा मडित राउतको खोलेमा डुबेर मृत्यु भएको हो ।
बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो ।
इलाममा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा पुर्याइएका बालकको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
इलाम खोले बालक