धनतेरसको दिन भुलेर पनि खरिद नगर्नुहोस् यी सामग्री, हुनेछ हानी
काठमाडौंः आजबाट हिन्दु नेपालीहरुको दोस्रो महान पर्व तिहार सुरु भएको छ । आजको दिनलाई धनतेरस पनि भन्ने गरिन्छ । यसलाई धनसँग सम्बन्धित पर्वको रुपमा लिइन्छ । यस दिन सुनचाँदी लगायतका धातुका सामग्रीहरु खरिद गर्दा धन लाभ हुने बिश्वास गरिन्छ । तर यहि क्रममा मानिसहरु के सामग्री किन्ने हो भन्नेमा नै द्विविधामा पर्ने गर्छन् । धन प्राप्ति हुने भन्दै केहिले त अल्मुनियम लगायतका सामग्री किन्ने गर्छन तर धनतेरसको दिन आल्मुनियमका सामग्रीहरु खरिद गर्नु हुँदैन। आल्मुनियम राहु ग्रहसंग सम्बन्धित हुन्छ। यसको खरिदले जीवनमा राहु ग्रहको प्रभाव रहने बिश्वास गरिन्छ।
– काँचका सामग्रीहरु पनि धनतेरसको दिन खरिद गर्नु हुदैन। काँच पनि राहु ग्रहसंग सम्बन्धित हुने भएकाले यसको खरिदले जिवनमा राहु ग्रहको नकारात्मक प्रभाव पर्दछ।
– यस दिन सुनका साथै हिराका सामग्रीहरु किन्नुलाई पनि शुभ मानिन्छ। हिरा खरिद गर्दा सकेसम्म महिलाको हातबाट गरेमा आर्थिक लाभ हुने बिश्वास गरिन्छ।
– धनतेरसको दिन दोस्रो व्यक्तिका लागि कुनै पनि सामग्री खरिद गर्दै नगर्नुहोस, यसले घरको आर्थिक उन्नति नाश हुने मान्यता रहेको छ।
– आजको दिन पुराना सामग्री भन्दा पनि सकेसम्म नयाँ सामग्री नै किन्नु उचित हुन्छ।
– आज धारिला सामग्री खरिद गर्नुलाई अशुभ मानिन्छ।
यसका अलवा अरु के गर्ने?
धनतेरसको दिन सुनचाँदी लगायतका सामग्रीहरु नै खरिद गर्नुलाई शुभ मानिन्छ। यदि तपाईसंग सुनचाँदी किन्ने पर्याप्त पैसा छैन भने सुन चाँदीको सिक्का किनेर लक्ष्मी पुजाको दिन पुजा गर्नाले घरमा सुख शान्ति र बैभव प्राप्त हुने बिश्वास गरिन्छ ।
धनतरेस सामग्री खरिद