News

५ वर्षदेखि सम्पर्क बिहिन युवती भारतबाट उद्धार

५ वर्षदेखि सम्पर्क बिहिन युवती भारतबाट उद्धार

राजविराज– सप्तरी प्रहरीले पाँच वर्षदेखि वेपत्ता रहेकी एक युवतीलाई भारतबाट उद्धार गरेको छ ।

जिल्लाको बलानबिहुल गाउँपालिका–३ धर्मदेव पासवानकी कान्छी छोरी रिंकु कुमारी भनिने २० वर्षीया रञ्जनकुमारी पासवानलाई भारतको बिहार राज्य, पूर्णिया जिल्लाको अल्पावास गृहबाट उद्धार गरिएको हो । उनलाई उद्धार गरि बिहीबार परिवारको जिम्मा लगाएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।रञ्जनकुमारी पाँच वर्षदेखि परिवारसँग सम्पर्क बिहिन रहेकोमा २०७४ वैशाख १० गतेदेखि अल्पावास गृहमा रहदैँ आएकी थिइन् । 

‘सोर्ट स्टे होम पूर्णिया बिहार’ मार्फत् राजदुतावास हुँदै प्रहरी प्रधान कार्यालयको सचिवालय र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा प्राप्त भएको पत्रमा उल्लेखित विवरणको आधारमा युवतीलाई पुर्नस्थापनाको लागि उद्धार गरी आमा घुरनीदेवी पासवानको जिम्मा लगाएको बताइएको छ । 

सप्तरी उद्धार सम्पर्क बिहिन

विशेष