News

रौतहट घटनाका दोषीलाई छुट दिन हुन्नः नेता रावल 

रौतहट घटनाका दोषीलाई छुट दिन हुन्नः नेता रावल 

अछामः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले राजनीतिलाई अपराधीकरणबाट बचाउनुपर्ने बताएका छन् । 

प्रेस संगठनले मङ्गलसैनमा गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय उच्चपदस्द व्यक्ति धमाधम पक्राउ परिरहेको कुराप्रति इङ्गित गर्दै वर्तमान सरकारले आपराधिक घटना न्यूनीकरणमा प्रभावकारी र कडाइका साथ कदम चालिरहेको बताए । 

स्थिर सरकारका कारण देशमा कानूनी शासनको प्रत्याभूति भइरहेको उनको भनाइ छ । रौतहटको घटना नेपालको कानून र अन्तर्राष्ट्रिय कानूनविपरीतको जघन्य अपराध भएकाले यसमा संलग्नलाई छुट दिन नहुने उनको तर्क छ । नेता रावलले पार्टीका बैठक नियमित हुनुपर्ने र सरकारको कामको पनि समीक्षा गर्नुपर्ने बेला भएको बताए । 

भीमबहादुर रावल रौतहट घटना

विशेष