रक्षामन्त्रीका छोरोले डान्स क्लबमा भेटे बेहोस हुने गरी रामधुलाई
काठमाडौं– दरवार्गमार्ग स्थित एक डान्स क्लवमा कार्यवाहक प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलका छोरा बेहोस हुनेगरी कुटिएका छन् ।
स्रोतका अनुसार उनका कान्छा छोरा स्वरुप कुटिएका हुन्। तर, पोखरेल परिवारले यो घटना लुकाएर राखेको छ ।
कान्छा छोरा स्वरुप चार दिन यता ग्रान्डी अस्पतालमा उपचार भइरहेको नाम नखुलाउने शर्तमा अस्पतालका एक कर्मचारीले बताए। ती कर्मचारीका अनुसारदशैं अघि भएको घटना हालै मात्र सार्वजनिक हुन पुगेको हो । भिआईपी छोरा कुटिएको खबरले तरंग जान सक्ने भन्दै घटनालाई पोखरेलकै आग्रहमा गोप्य राखिएको बताइएको छ ।
अस्पताल स्रोतक अनुसार पोखरेलका छोरा स्वरुप लागुपदार्थमा फसेको बताइन्छ । डान्स क्लवका प्रत्यक्षदर्शीका अनुसार आफु उपप्रधान तथा रक्षामन्त्रीको छोरा भएको र आफुलाई कोही कसैले केही गर्न नसक्ने भन्दै ठुला ठुला स्वरमा कराउन थालेपछि अर्को समुहले उनीमाथी कुटपिट गरेको थियो। डान्स क्लबमा अराजक बनेपछि अर्को समुहले उनीमाथी बेहोस हुनेगरी कुटपिट गरेको हो ।