News विदेश

प्रधानमन्त्रीबाट अतेस्गाह मन्दिरको अवलोकन

प्रधानमन्त्रीबाट अतेस्गाह मन्दिरको अवलोकन

बाकु । असंलग्न आन्दोलनको राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनमा सहभागी हुन बाकु पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बाकुस्थिति अतेस्गाह मन्दिरको अवलोकन गरेका छन् । सत्रौँ र अठारौँ शताब्दीमा बनेको र हिन्दू, शिख तथा जोरोअस्ट्रियनले पूजा गर्ने पाँचकुने अतेस्गाह मन्दिरलाई बाकुको अग्नी मन्दिरका रुपमा चिनिन्छ ।

प्रधानमन्त्रीसहित उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसङघका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि अवलोकनमा सहभागी भएका थिए । 

विशेष